संविधान दिवशमा वकतृत्वकला
इनरुवा, असोज २ गते । सुनसरी सदरमुकाम इनरुावमा १० औं संविधान दिवशको अवसरमा नगरस्तरीय वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ, उधोग बाणिज्य संघ, शिक्षा विकास तथा समन्वय इकाई सुनसरीको आयोजनामा संविधान शिक्षा सम्बन्धी हकको कार्यान्वयन र चुनौती विषयक नगरस्तरीय वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

सम्पन्न भएको वकतृत्वकला प्रतियोगितामा भगवती माविकी शुस्मा कामैत प्रथम, स्मल हेभेन एकेडेमीकी एन्जिला घोस द्धितिय र शारदा मावि बलाहाकी युनिसा कटुवाल तृतिय हुनुभएको छ । कार्यक्रममा सन्तोष काफ्ले र प्रकाशमणी पोखरेल निणार्यकको भुमिकामा रहनुभएको थियो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, उधोग बाणिज्य संघका वीरेन्द्र कुमार साह, शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सेवदी, पत्रकार जयकृष्ण यादव सहितकोले शुभकामना दिनुभएको थियो ।

