” सिर्जनामा इनरुवा ” काे वार्षिकोत्सब तथा सधारण सभामा पुरस्कार वितरण, स्रष्टा सम्मान तथा रचना वाचन
सुनसरीकाे इनरुवाका साहित्यकारहरुकाे संस्था ” सिर्जनामा इनरुवा ” काे वार्षिकोत्सब तथा सधारण सभामा सत्य संसारका सम्पादक तथा गाेरखापत्र दैनिकका जयकृष्ण यादव सहितलाई सम्मान गर्ने भएकाे छ । सिर्जनामा इनरुवा नामक साहित्यिक संस्थाको पुरस्कार ,सम्मान तथा रचना वाचन सहितको तेस्रो साधारणसभामा यादव सहितलाई सम्मान गर्ने भएको हो । संस्थाका अध्यक्ष लीलानाथ सिलवालका अनुसार असाेज ५ गते सनिवार इनरुवा नगरपालिका सभा हलमा सम्मान गर्ने साहित्यकार, पुरस्कार पाउने साहित्यकार र अन्य साहित्य प्रमिहरुलाई रचना सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दै पत्राचार गरेको छ । उहाँले साहित्यकारहरूलाई २०८१/६/५ गते शनिवार समय:-दिनको ठीक ११.०० बजे स्थान: इनरुवा नपाको सभा हलमा भनेर पत्र पठाएको जानकारी दिनुभयो ।

सिर्जनामा इनरुवाकाे तेस्रो साधारणसभामा पुरस्कार वितरण, स्रष्टा सम्मान तथा रचना वाचन रहेको छ । प्रमुख अतिथिकाे रुपमा
प्राज्ञ विवश पोख्रेल रहनुभएकाे छ भने रमेन्द्र सावित्री लघुकथा पुरस्कारबाट ममता मृदुल पुरस्कृत हुन लाग्नुभएको छ । सर्जक सम्मानितहरुमा प्रमोद ढकाल,बिनोद विवस घिमिरे, विक्रमभक्त जोशी,रोहिणी रसिक,रोमु अधिकारी
, शकुन्तला मन्जरी,यशोदा अधिकारी आचार्य, जयकृष्ण यादव र रमेश श्रेष्ठ रहनुभएकाे छ ।
आयोजक सिर्जनामा इनरुवा रहेको छ भने मिडिया पार्टनर सत्य संसार सहित इनरुवा टाइम्स र वर्णमाला रहेको छ । सहयोगीमा सप्तरङ्गी साहित्य समाज, कोशी अपन स्वर्ग नेपाल कला संस्कृति, इनरुवा र प्रायोजक इनरुवा नगरपालिका रहेको छ ।
