रमेन्द्र कोईराला । इनरुवा
सुनसरीको इनरुवा नगरपालिकामा“सिर्जनामा इनरुवाद्वारा“ आयोजित तेस्रो साधारण सभामा पहिलोपटक “रमेन्द्र सावित्री लघुकथा पुरस्कार” चर्चित लघुकथाकार ममता मृदुललाई प्रदान गरिएको छ । सो पुरस्कार संस्थापक रमेन्द्र कोइराला तथा सावित्री कोइरालाबाट प्रदान गरिएको थियो । पुरस्कार राशी ५५५५÷ रुपियाँको रहेको छ । वि.स.२०८० मा ५१०००÷ को अक्षयकोष राखिएको र त्यसको व्याज र अपुग रकम थपेर पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सभापति लीलानाथ सिलवाल, प्रमुख अतिथि प्राज्ञ विवस पोखरेल ,विशिष्ट अतिथि विक्रमश्री, विशेष अतिथिहरू प्राज्ञ जीवनाथ पोख्रेल ,महाकाव्यकार डम्बरुवल्लभ भण्डारी , विक्रमभक्त जोशी ,शशिप्रसाद बजगाई ,छनौट उपसमितिका लिला आपागाई हुनुहुन्थ्यो । यस अवसरमा अक्षयकोष संस्थापक पति÷पत्नि रमेन्द्र कोइराला र सावित्री कोइराला ,छोरी रश्मि कोइराला आचार्य ,नातिनी शायरा आचार्य, नाति संयम आचार्य लगायत सय बढीको उपस्थिति रहेको थियो ।

सल्लाहकारहरु प्राज्ञ जीवनाथ पोख्रेल ,महाकाव्यकार डम्बरुवल्लभ भण्डारी , पुरस्कार तथा सम्मान छनौट उपसमिति सदस्य लिला आपागाई,पुरस्कार दाता सावित्री कोइराला ,रश्मि कोइराला ,शायरा आचार्य ,संयम आचार्य ,टीका मिलन, चुडा वसन्त लम्साल ,रामबाबु आचार्य ,कालीदास कोइराला ,टंकराज भेटवाल,टंक राजवंशी ,नवराज मैनाली,शुक्रराज कुँवर,रोशन पराजुली,नवराज पोख्रेल नवशीला,हिमानी यादव,प्रदीप मेहता,बिनोद मेहता,झोटन मेहता,बिमला चौधरी ,अम्बिका घिमिरे,रामनन्द मण्डल ,रन्जना मेहता,रंगलाल भट्टराई ,कृष्ण प्रसाद नेपाल ,सुरेन्द्र कुश्वाहा,विष्णु थापा मगर,खखेरा, युवराज दाहाल ,मुना आत्रेय,अब्दुल कादिर,बिनिता दाहाल,जेबि खत्री ,प्रदिप कोइराला ,कृष्ण प्रसाद गौतम ,बिदुर सुवेदी,सन्जय कुमार मेहता,प्रेम तुम्बार्पा,गोपाल जिमि ,नवयुग एकेडेमीका विद्यार्थीहरू आदि सय भन्दा बढीको उपस्थिति थियो । प्रमुख अतिथि प्राज्ञ विवस पोखरेल विशिष्ट अतिथि विक्रमश्री सहितको उपस्थितीमा सम्पन्न भएको कार्यक्रम भव्य रुपले सफल पारीदिनु भएकाले आयोजकले सबैलाई हार्दिक बधाई तथा धन्यवाद दिएको छ ।