“अवैध लागू औषध खैरो हिरोइन सहित मानिस नियन्त्रणमा”
बिशेष सूचनाको आधारमा मिति २०८१।०६।०५ गते अं. १८:३० बजेको समयमा जिल्ला सुनसरी कोशी गा.पा.-१ स्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएका प्रहरी अधिकृतको टोलीले बा. ४९ प. ७७८२ नंम्बरको मो.सा. रोकी तत्काल नामथर, वतन खुल्न आएको मो.सा. चालक जिल्ला सुनसरी ईनरुवा न.पा. ५ बस्ने वर्ष-३० को रबिन पोखरेल र मो.सा.को पछाडी
सवार जि. सिन्धुपालचोक मेलम्ची न.पा.वडा न.१० वस्ने बर्ष २९ को बिकास अधिकारीलाई कानून बमोजिम चेकजाँच/खानतलासी लिदा मोटरसाईकलको ट्याङ्कीको दाहिने साईडको कभर भित्र लुकाई छिपाई ल्याएको अवस्थामा कालो प्लाष्टिकको पोका भित्र २१.८७ ग्राम लागू औषध खैरो हिरोइन फेला पारी कानून वमोजिम वरामद एंव निजहरूलाई पक्राउ गरी यस कार्यालयमा ल्याई आजै सम्मानित सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरीएकोमा दिन ५ (पाँच) म्याद थप अनुमति लिई यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको ।
