सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारी सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरमा फेरी भेटौला कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक शन्तोश अधिकारीलाई सम्मान गरिएको छ । विभिन्न सरोकारबाला निकायहरुले अधिकारीको सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी नुवाकोटमा सरुवा भएपछि सम्मान गरिएको हो । फेरी फेटौला कार्यक्रम अन्तरगत जजन्युज मिडिया प्रा.लि.सुनसरी भाण्टाबारी शाखाले सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीलाई प्रसंशा पत्र सहित सम्मान गरिएको हो । अधिकारीलाई प्रालिका अनलाईन पत्रकार देवराजा यादवले प्रशंसा पत्र सहित फेरी फेटौला कार्यक्रममा सम्मान गर्नुभएको हो ।


प्रशंसा पत्रमा यादवले सुनसरीको कोशी गाउँपालिका स्थित भाण्टाबारीमा पदस्थापना भएदेखि सिमासुरक्षा, चोरी निकासी नियन्त्रणमा र अबैध ओसारपसार नियन्त्रणमा गर्नुभएको योगदानको उच्च सम्मान गर्दै सम्मान गरिएको उल्लेख गरेको छ । अधिकारीले यस क्षेत्रमा उत्कृष्ट काम गरेको नागरिकस्तरमै चर्चा रहेको र मिडिया मैत्री काम समेत गरेर समन्वय, सहकार्य र शान्तिसुरक्षामा पनि निरविवाद सेवा गर्नुभएकोले उच्च सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको हो । यादवले अधिकारीको अगामि
दिनहरु र सरुवा भएर जानलाग्नुभएको ठाउँमा पनि सफलताको कामना तथा सुस्वास्य, दिर्घायु र उन्नति प्रगतिको कामना सहित हार्दिक बधाई व्यक्त गपरएको जनाएको छ ।