जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ९ गते । सुनसरीमा चार्डपर्वको समयमा उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापनमा सबैले सहयोग गर्ने एक्यवद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको अधयक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकमा सहभागी भएका सरोकारबालाहरुले चार्डपर्वको समयमा उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापनमा सहयोग गर्ने एक्यवद्धता जनाएका हुन् । नियमित अवस्थामा जस्तै बस्तु तथा सेवाको प्रभावकारी आपूर्ति व्यस्थापन मिलाउने । कृत्रिम अभाव नियन्त्रण गर्ने÷गुणस्तरीय बस्तु बिकि बितरण गर्न या बढी नाफा लिने गैरकानूनी कार्य गर्नेलाई कानूनबमोजिम कारवाही गर्ने सरोकारबालाहरुको बैठकले निणर्य गरेको छ । त्यसैगरी बजारमा दैनिक खाध्यान्न आपूर्तिमा केही समस्या÷गुनासो नहोस भनी सरोकारवाला सम्पूर्ण निकायबाट नियमित अनुगमन गर्ने भएको छ । खुला सीमानाको फाइदा उठाई अवैध तथा कडाइकासाथ नियन्त्रण गर्ने र आयात, ओसारपसार विकी बितरण तथा प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
बैठकले यस वर्षको दशैं, तिहार तथा छठ जस्ता ठूला चाडपर्वको सन्दर्भमा शान्ति सुरक्षा, बजार अनुगमन, उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापन, सडक सुरक्षा लगायतका विषयमा भएका संघीय सरकारको निर्देशनको प्रभावकारी कार्यान्वयको व्यवस्था मित्ताउने निणर्य गरेको छ ।
प्रजिअ तिवारीका अनुसार बैठकले गृह मन्त्रालय, योजना अनुगमन तथा मूल्याङ्कन शाखाको पत्रसाथ प्राप्त केन्द्रिय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकको निर्णय बैठकमा जानकारी गराई भएको निर्णयको प्रभावकारी कार्यान्वयन गर्ने÷गराउने प्रविद्धता जनाएको छ ।
त्यसैगरी चाडपर्व दशैं, तिहर छठ लगायतका अन्य बाडपर्वहरुहरुका समयमा सवारीधनले यात्रुसँग बढी पैसा असुल गनेर्, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रुहरु सवार गराउने, , अत्याधिक गतिमा सवारी साधन चलाउने जस्ता गतिविधिहरु गर्ने, सम्भावना रहेकोले उक्त गतिविधि नियन्त्रण एवं नियमनका लागि सबै क्षेत्रबाट आवश्यक समन्वय तथा सहकार्य गर्ने। यातायात व्यवसायीहरूले यात्रुहरुको भ्रमणको प्रस्थान बिन्दु र गन्तव्यको जानकारी सहित विस्तृत विवरण अद्यावधिक गरी राख्ने निणर्य गरेको छ । सोको जानकारी नजिकको प्रहरी युनिटमा उपलब्ध गराउने साथै ट्राफिक कार्यालयको समन्वयमा यात्रु सहायकता कक्ष स्थापना गर्ने, सवारी आवागमनमा समय तालिका लागु गर्ने, सवारी साधनले माबुहरुलाई तानातान गर्ने प्रवृत्ति रोक्ने,यात्रुहरुको सामान, गरगहनालगायतका सामग्रीहरुको सुरक्षा गर्ने , भाँडादर सबैले देख्न सक्ने तरिकाले राखी पारदर्शिता कायम गर्ने निर्देशन जारी रहेको छ । टिकट बुकिङ्ग काउन्टरको उचित व्यवस्थापन गर्ने, मादक पदार्थ सेवन(मापसे)÷लागु पदार्थ सेवन (लापसे) चकजाँचलाई निरन्तरता दिने जनाएको छ ।
दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ,पाकेटमार न्यूनीकरण गर्न अभियान चलाउने भनाएको छ । चाडपर्वको समयमा राजमार्गका मर्मत संभार सबै सडकमा यातायातका साधन सहज रुपमा आवतजावत हुन सक्ने गरी यान्त्रिक चेकजाँच गरी चालू हालतमा राख्ने,सो कार्यका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सडक डिभिजन सडक कार्यालय, मोरङ्ग तथा यातायात व्यवस्था कार्यालय सबारी इटहरीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने निणर्य गरेको जनाएको छ ।
त्यसैगरी राजमार्गमा हुन सक्ने चोरी, लुटपाट, डकैती तथा ठगीजस्ता कुनै पनि अवाञ्छित काम हुन÷गर्न नदिन प्रहरीले नियमित चेकजाँच गर्ने भएको छ ।
राजमार्ग, सहायक मार्ग तथा लोकमार्गमा चल्ने सवारी साधनहरुलाई सवारी गति, ध्वनी आदिका सम्बन्धमा सचेत गराउन यातायात व्यवसायी तथा ट्राफिक प्रहरी कार्यालयले सवारी चालक तथा यात्रुहरुमा सचेतना जगाउने कार्य गर्न आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।
राजमार्गमा भएका ट्राफिक नियमका चिन्ह, विश्राम स्थलहरु, अनुशासन लगायतका चिन्हहरू समय समयमा मर्मत स्याहर नगर्दा जिर्ण हुन जाने र विभिन्न किसिमका दुर्घटना समेत हुन सक्ने सम्भावना रहेकोले यसको नियमित मर्मत सम्भारको कार्य तुरुन्त सडक डिभिजन कार्यालय, मोरडले गर्ने जनाएको छ । साथै केही स्थानमा नयाँ ट्राफिक चिन्ह वा विश्राम स्थल राख्नुपर्ने देखिएमा सोका लागि समेत सम्बन्धितले सम्बन्धित निकायहरुसँग बुपार्ने बिस्कुन सुकाउने काम दण्डनीय भएकाले त्यसमा कडाई गर्ने भएको छ । सार्वजनिक सडक क्षेत्रमा हाटबजार लगाउने, पसल थाप्ने, निर्माण सामाग्री भएकोले सो कार्य नगर्न÷नगराउन र हटाउन सबै स्थानीय तहलाई आवश्यक कार्यान्वयनका लागि लेखी पठाउने जानकारी प्रशासन कार्यालयले दिएको छ ।
पर्वहरुलाई मध्यनजर गरी बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारीलगायुतका गतिविधिहरुलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तिव्रता दिई यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्ने, प्रत्येक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा विषयगत कार्यालय, नेपाल प्रहरी, उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, पत्रकार महासंघ, उपभोक्ता मन्च लगायतका निकायहरु सदस्य रहने गरी बजार अनुगमन कार्यक्रम संचालन गरी सम्बन्धित विभाग तथा जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्ने भनिएको छ । बैठकले दूध तथा दूधजन्य पदार्थ, बधशाला तथा मासु र मासुजन्य पदार्थ, पानी फ्याक्ट्री, होटल तथा रेष्टुरेन्ट, मिठाइ पसल, चिया पसल गुणस्तरहीन खाधान, बासी, सडेगलेका खाना, खुल्ला रुपमा बिक्री वितरण हुने खाध पदार्य, हाटवजार सहितको प्रभावकारी र सघन अनुगमन गर्ने निणर्य गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सम्बन्धीत स्थानीय तहको पशु शाखा हेर्ने कर्मचारी सहित जिल्लाभरमा रहेका दूध तथा दूधजन्य पदार्थ, बधशाला तथा मासु र मासुजन्य पदार्थहरु बिकि वितरण गर्ने स्थानहरुको व्यापक अनुगमन गरी जिल्ला प्रशासन कार्यालयमा उक्त अनुगमन प्रतिवेदन यथाशिघ्र पेश गर्न भनिएको छ ।
१, जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षिय बैठकमा प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी सहितका सरोकारबालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा