कोशीमा बस खस्यो, यात्रुको भने सकुशल उद्दार
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १० गते । पूर्वपश्चिम लोकमार्गको कोशी नदीको कोशी व्यारेज पुलमा यात्रु बाहक बस खसेको छ । पूर्व बिराटनगरबाट पश्चिम गाईघाटतर्फ जादै गरेको यात्रुबाहक बस कोशी ब्यारेजको पुल दक्षिण तर्फ खसेको हो । पूर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यातायात बीहिबार साझको समयमा कोशी ब्यारेजको ३४÷३५ नम्बर ढोकामा खसेको हो । बसमा सबार रहेका सबै सकुसल रहेको प्रहरीले जनाएको छ । यात्रुबाहक बसमा २० जना सवार रहेकोमा सबैजनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बस भने कोशी नदीमै रहेको छ । थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।
१, कोशीमा खसेको बस ।
