काेशी व्यारेजमा यातायात सुचारु

देवराज यादव । भण्टावारि
–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएकोेले यातायात सुचारु भएको छ ।

पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ गर्न पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भएकोले यातायात सुचारु भएको छ

सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक ६ लाख ६० हजार क्युसेक पानी बगेको थियो ।
