बाढीले तरकारीमा क्षती

अबिरल वर्षाका कारण सुनसरीका किसानले लगाएको तरकारी बाली नस्ट भएको छ । सुनसरीका अधिकांश स्थानमा स्थानीय खोलाको बाढी पस्दा बर्खे तथा बेमौसमी तरकारी बाली नष्ट भएको हो ।
यहाँका ५ देखि १० प्रतिशत मात्रै तरकारी बाली बाँचेको छ भने बाढीले किसानले पोखरीमा पालेको माछासमेत बगाएको छ । हरिनगर गाउँपालिकामा मात्रै ५० हेक्टरको तरकारी बालीमा क्षती भएको कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो ।



सुनसरीको इनरुवा नगरपालिका १० मा लगाएको लहरे बाली क्षती भएको अवस्था छ भने हरिनगर गाउँपालिका १ रामनगर भुटाहामा बाढीले काउली नष्ट भएको छ । काउली किसान चिन्तित भएको छ । त्यसैगरी देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीमा बाढीले सडक क्षतीग्रष्त भएको छ भने तरकारी र धान बालीमा क्षती भएको छ ।
भिडियो ः जयकृष्ण यादव । इनरुवा