युएई रेड क्रिसेन्टले गरे नेपालमा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण
जयकृष्ण यादव । सुनसरी
इनरुवा , असाेज १७ गते ।
युएई रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले सुनसरीका विभिन्न स्थान सहित नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण गरेको छ ।
युएई रेड क्रिसेन्टले काठमाडौंस्थित संयुक्त अरब इमिरेट्सका दूतावासको सहयोग र समन्वय एवं नेपाल सरकारका सम्बन्धित निकायको आवश्यक सहयोगमा मानवीय परियोजना कार्यान्वयन गरेको हो ।
सेप्टेम्बर महिनाभरिमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी जिल्लाका विभिन्न गाउँमा प्रभावित परिवारको आवश्यकता अनुसार करिब २० हजार थोक खाद्यन, ७ हजार ३ सय मेडिकल किट र ४ हजार २ सय ३६ वटा तिरपाल वितरण गरिएको छ।
भौगोलिक अवस्थिति, हिमाली भूभाग, जलवायु परिवर्तन र मौसमको उतारचढावका कारण नेपालले समय-समयमा भोग्नुपरेको सबै विपद् तथा विपत्तिमा युएई सरकार सधैं नेपालको साथमा रहन्छ ।
नेपाल सरकार र नेपाली जनतालाई युएई सरकारको निरन्तर सहयोग प्रशंसनीय रहेको जनाएको छ । यो नेपाल र युएई दुई देशबीचको सुमधुर मैत्री सम्बन्धको प्रमाण भएको जनाएको हो । स्रोतका अनुसार वितरण गरिएको बाढी र पहिरोबाट प्रभावित परिवारको लागि यो पहिलो चरणको सहायता भएको र छिट्टै दोस्रो चरणको पनि सहायता आउने सम्भावना रहेको जनताको छ ।
सुनसरीका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान प्रभावितलाई राहत उपलब्ध गराएको जनाएको छ ।
नेपालका लागि यूएईका राजदूत अब्दुल्ला अल शम्सीले यूएई सरकारको तर्फबाट खाद्यान्न सामग्री राहत वितरण गरेका हुन् ।
इनरुवा नगरपालिका ४ मरिक गाउँका सुनसरी खाेला कटान र बाढी प्रभावित घर-परिवार सहित पाँच हजार ३०० लाई राहत सामग्री वितरण गरिएको हो।
यूएई सरकारले नेपालमा प्राकृतिक विपत्तिको समय वा अन्य समयमा समेत सहयोग गर्दै आएको छ । विपत्तिका बखत नेपाली जनतालाई यूएई सरकारले साथ र सहयोग गर्दै आएको जनाएको छ। यूएई सरकार र नेपाल सरकारको मित्रता सदैव कायम रहोस् भन्ने कामनाका साथ स्थानीयले राहत वितरण गर्ने प्रति धन्यवाद व्यक्त गरेका छन् ।
जिल्लाका विभिन्न नदी खाेला कटान तथा बाढी प्रभावितहरु र विपन्न परिवार , दलित ,गरिब,सुकुम्बासी र सिमान्तकृतहरुलाई खाध्यान राहत सामग्री वितरण गरेको जनाएको छ ।