जिल्ला प्रहरी कार्यालय सुनसरीमा शुक्रबार लागू पदार्थ दुर्व्यसन विरुद्धको अभियान FAN जिल्ला कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । बैठकले समितिलाई पुर्णता दिन सचिव पद र सदस्य पदमा नियुक्ति गर्ने , दुर्व्यसन विरुद्वको अभियान कार्यक्रमलाई तिव्रता दिई सामुदायिक प्रहरी कार्यक्रमलाई चलायमान बनाउने, विपदको समयमा विपद प्रतिकार्यमा समेत सहभागि हुने निर्णय गरेको छ ।

समिति संयाेजक राम प्रसाद तिम्सिनाकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्ला प्रहरी कार्यालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी निरिक्षक सविना लिम्बुलाई सर्वसम्मत रिक्त रहेको सचिव पदमा र रिक्त रहेको सदस्य पद ( सुसिल राजभर लाई ठगी मुद्दा परेको ले सदस्य पदबाट हटाई ) साे सदस्यमा उत्तम कुमार सुबेदीलाई नियुक्त गर्ने निर्णय गरिएकाे छ ।

त्यसैगरी FAN CLUB गठन भएका बिद्यालयहरुमा सामाजिक संजाल(What’s app, Massenger Group) मार्फत सम्पर्क कायम राख्ने , चाडपर्व लक्षित बिभिन्न खाल्का कार्यक्रमहरुमा FAN जिल्ला कार्य समिति (Action Team) का सदस्यहरुले सक्रियता बढाउने, मेला ,टोलहरुमा लागुऔषध बिरुद्दका जिङ्गलहरु बजाउन स्थानिय प्रहरीलाई लगाउने र बिपदको आपतकालिन समयमा पायक पर्ने ठाउँहरुमा FAN जिल्ला सम्पादन समितिको सदस्यहरु स्वयमसेविको रुपमा खटिने निर्णय गरिएकाे समितिले जनाएको छ। सम्पन्न बैठकमा प्रमुख संरक्षक प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना , सहसंयाेजक कृष्णप्रसाद दाहाल , राेमा रिजाल , चन्द्र बराल, रविन घिमिरे , विनिता दाहाल , रमेश भट्टराई , सल्लाहकार जयकृष्ण यादव , सम्भु अधिकारी सहितको उपस्थिति रहेको थियो ।