डेँगि रोकथाम तथा नियन्त्रण कार्यक्रम
सुरेन्द्र कुशवाहा । भाेक्राहा
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ स्थित अकाहा बजार वरपरका क्षेत्रमा डेँगि रोकथाम तथा नियन्त्रण सम्बन्धि अभियान कार्यक्रम गरिएको छ ।

शनिबार अकहा बजार तथा वरिपरि क्षेत्रमा डेगि नियन्त्रणमा जाेड दिदै सचेतना अभ्यास कार्यक्रम गरिएको हो।

नेपालमा केही बर्ष यता देखि डेँगि रोग दिन प्रतिदिन बढ्दै गएकोले भोक्राहा नरसिंह गाउँपालिकाले रोकथाम तथा नियन्त्रण सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि रोकथाम तथा नियन्त्रणमा लागि परेकोे स्वास्थय शाखाका सह संयोजक सुनिता साहले जानकारी दिनुभएको छ ।

सह- संयोजक साहका अनुसार रोकथाम तथा नियन्त्रण कार्य लाई तिब्रताका साथ शनिबार स्वास्थय शाखाका कर्मचारीको टिमको सक्रियतामा डेँगि रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि अकाहा बजार तथा वरिपरि क्षेत्रमा कार्यक्रम गरिएको स्वास्थय शाखाका सुनिता साहले जनाएको छ ।

डेँगि रोग कसरी लाग्छ । लागेपछि कसरी नियन्त्रण गर्ने र लागनै नदिनका लागि घरवरिपरी के कस्ता उपायहरु अपनाउनु पर्ने हुन्छ । भन्ने विषयहरुको बारेमा गाउँबासिहरुलाइ ज्ञान दिइएको थियो ।
भने वडा अध्यक्षको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको सहजीकरण भोक्राहा स्वास्थय चोकिका प्रमुख रमाशंकार साह , H. A . देव सुन्दर मेहता , प्रदीप यादव लगायतकाले गर्नु भएको थियो ।
