जयकृष्ण यादव । हरिनगर

सुनसरीकाे हरिनगर गाउँपालिकामा नेपालीहरुकाे चाडपर्व वडा दशैं, शुभ दिपावली, छठ, कर्माधर्मा एवम् ईद लगायत पर्वहरुको शुभ अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका उच्च अधिकारी सहित प्रदेश सभा  सदस्यसम्मकाे उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो  । शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले मुस्लिम अध्यक्ष भए पनि हरिनगर गाउँ पालिकाले  सामाजिक सद्भाव , एकता र भाईचाराकाे सम्बन्ध प्रगाढ रहेको सावित गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेकोमा शुभकामना सहित प्रशंसा गर्नुभएको छ ।

कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर र अजितकुमार मलिक्कले संचालन गरेको शुभकामना आदानप्रदान कार्यक्रमकाे अध्यक्षता हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँ रहनुभएकाे थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य हाजि ईसराइल मंसुरीले सबै मानव भएकोले एकले अर्कोलाई सम्मान गर्नुपर्ने र सद्भाव सहित एकताको सन्देश प्रवाह गर्नुपर्नेमा जाेड दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि इनरुवा न.पा. प्रमुख तथा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति श्री केदार भण्डारीले सिमावर्ति क्षेत्रमा सभ्य र भव्य रुपमा कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

कर्यक्रममा विशिष्ट अतिथिहरु इनरुवा न.पा. उप-प्रमुख विनिता मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, हरिनगर गा.पा. उपाध्यक्ष रिमझिम कुमारी भगत,देवानगंज गा.पा. उपाध्यक्ष कुमारी विभा यादव, वर्जु गा.पा. उपाध्यक्ष नितु कुमारी चौधरी, जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरिक्षक सुमन तिल्सिना, नेकपा ऐकिकृत समाजवादीका केन्द्रीय सदस्य महफुज आलम, नेपाली कांग्रेस जिल्ला सदस्य हेमनारायण मेहता, ने.क.पा. एमाले हरिनगर गाउँ कार्य समिति अध्यक्ष दोरिकलाल साह, ने.क.पा. माओवादी हरिनगर गाउँ कार्य समिति अध्यक्ष श्री सुरेश शर्मा, जनता समाजवादी पार्टी नेपाल हरिनगर गाउँ कार्य समिति अध्यक्ष घर्मविर आर्य, लो.स.पा. नेपाल हरिनगरका अध्यक्ष मोहरम अंसारी , जनमत पार्टी नेपाल अध्यक्ष  कपलेश्वर यादव लगायतका रहनुभएकाे थियोे । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा हरिनगराका सभापति हिरालाल पाल, हरिनगर गा.पा.अन्तर्गतका ७ वटै वडाका वडा अध्यक्ष र पार्टी अध्यक्षहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।


त्यसैगरी ईलाका प्रशासन कार्यालय हरिनगरा,  सशस्त्र प्रहरी बल सुरक्षा बेस भुटाहाका प्रमुख, बसन्तपुरका प्रमुख,वि.ओ.पि घुस्कीका प्रमुख, ईलाका प्रहरी कार्यालय हरिनगराका प्रमुख  शिव कुमार शर्मा ,उधोग वाणिज्य कार्यालय भुटाहाका अध्यक्ष  पर्शुराम मण्डल, संघ हरिनगराका अध्यक्ष श्री अनिरुद्ध प्रसाद गुप्ता , विधालयका विधालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापक हरु, प्रहरी चौकी भुटाहाका प्रमुख, अस्थाई प्रहरी चौकी गौतमपुरका प्रमुख सहितको उपस्थिति रहेको थियो ।