इनरुवा, असोज २४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जुट धुन पोखरीमा पसेको बेला भोक्राहा नरसिंह गाउँपालिका ८ का ५० वर्षिय मुस्तुफ अंसारीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

स्थानीय पत्यक्षदर्शी तजमुल हुसेनका अनुसार जुट धुन पोखरीमा पसेको बेला डुबेर मृत्यु भएको थियो । पोखरीमा पसेको र ननिस्केपछि खोज तलास गर्दा अंसारी जुटसगैं पानीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतकको शवको पोगटमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।