सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन
सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन

इनरुवा (सुनसरी), असोज २२ गते । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ । सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछि पुनः जेटबोट सञ्चालन सुरु गरिएको प्रजिअ तिवारीले बताउनुभयो । बर्खा समय सुरु भएसँगै सप्तकोशीमा जेटबोट सञ्चालनका लागि सुनसरी प्रशासनले रोक लगाएको थियो । दसैँका बेलामा जेटबोटको माध्यमले चतराबाट १० मिनटमा भोजपुरसम्मको यात्रा गर्न सकिने जनाइएको छ । चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ ।
