बडादशैँको महानवमीका दिन सुनसरीकाे इनरुवा ९ बबियामा रांगा वली दिएको छ । भगवती मन्दिरमा तीन वटा रागाकाे वली दिएको हो ।

उता सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा समेत राँगाको बलि चढाइएको छ ।पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले जनाएको छ ।

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्धारा सबैभन्दा पहिला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भलुवा निवासी जगदिश यादवको राँगा बलि प्रदान गरिएको थियो । त्यसपछि बलि दिन ल्याइएका भक्तजनका राँगा पालैपालो बलि चढाइएको थियो ।

आफनो मनोकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि चढाउन भक्तजनहरु आएका पण्डित मिरकुञ्जय झाले बताए ।

नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी, मोरङ, झापा र छिमेकी राष्ट्र भारतको बिहार राज्यको सुपोल, मधुवनी अररिया लगायतका ठाउँबाट यहाँ दर्शनार्थीहरु आउने गरेका छन् ।

त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ । त्यहाँ पनि घटस्थापनादेखि महानवमीसम्म मेला लागेको थियो ।

लेखकबाट थप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

42%

खुसी

21%

दुःखी

7%

अचम्मित

0%

उत्साहित

30%

आक्रोशित

https://www.onlinekhabar.com/markets/components/marketOverview

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रियप्रतिक्रिया दिनुहोस्

राम हरि

२०७८ असोज २९ गते १७:५४

खसीको बलि ?

Reply

 

 2

Hot Properties

House for Sale

Rs. 3.25 Cr Total Amount

House for Rent

Rs. 2 Lac Per Month

House for Sale

Rs. 2.7 Cr Total Amount

3 BHK Apartment for Rent

Rs. 70000 Per Month

House for Rent

Rs. 2 Lac Per Month

Residential Land for Sale

Rs. 65 Lac Per Aana

House for Sale

Rs. 3.5 Cr Total Amount

Residential Land for Sale

Rs. 55 Lac Per Aana

4 BHK House for Sale

Rs. 2.68 Cr Total Amount

House for Sale

Rs. 4.1 Cr Total Amount