इनरुवा ९ मा वडा स्तरीय सुशासन अभियान समिति गठन
अनिल श्रेष्ठ । बबिया
सुनसरी सदरमुकाम इनरुवा ९ मा वडा स्तरीय सुशासन अभियान समिति गठन भएको छ । राजकुमार मेहताकाे अध्यक्षतामा इनरुवा ९ मा वडा स्तरीय सुशासन अभियान समिति गठन भएको हो । बबियामा भएको इनरुवा नगरसुशासन अभियानको वडा स्तरीय भेलाले समिति उपाध्यक्षमा धानिकलाल खत्वे,सचिवमा तेजनारायण मेहता सह सचिवमा विनाेद कुमार मेहता, कोषाध्यक्षमा देवराम यादव चयन भएका छन् ।

सदस्यहरुमा रमेश मेहता, रामजनम उराँव, विद्यानन्द मेहता, बलदेव यादव, कुशेश्वर यादव, फुलचन मेहता, सत्रुधन पोदार, भदी यादव, प्रमानन्द मेहता, रामप्रसाद खत्वे, भागवत मेहता, तजमुल हुदैन, इसलाम साफी चयन भएको छ । भेलाले विभिन्न सवालमा छलफल गर्दा वडामा भएको विभिन्न शिर्षकको भ्रष्टाचार, अनियमितता ,ढिलासुस्तीको आवाज उठाउने निणर्य गरेकाे छ ।

इनरुवा काैवाखाेच सडक निर्माणमा भएको ढिलाइ भएको विषयलाई ध्यानाकर्षण पत्र मार्फत दवाब दिने , वडा र नगरबाट वितरण भएको टुवेल, कुट्टी काट्ने मेसिन, स्पेयर मेसिन , स्वास्थ विमा, विरुवा वितरण , ठेक्का ,काेटेसन र उपभोक्ता समितिकाे नाममा भएको भ्रष्टाचारकाे भण्डाफाेर गर्ने निणर्य गरेको सचिव तेजनारायण मेहताले जानकारी दिनुभयो ।




