सुरेन्द्र कुशवाहा
इनरुवा । सुनसरीको देवानगन्ज गाउँपालिका १(मध्यहर्षही) स्थित विजय दशैँको शुभ अवसरमा कुस्ती खेल सुरु भएको छ ।
दुई दिने कुस्ती प्रतियोगिताको आज पहिलो दिन सम्पन्न भएको हो।

कुस्ती प्रतियोगिताको प्रदेश स्तरीय खेलकूद कुस्ती (दंगल) कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन,वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलले कार्यक्रमको उद्घाटन गरेका छन्।


कुस्ती खेलनका लागि नेपालर भारतका पहलवानहरु आउने गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार कुस्ती प्रतियोगितामा नेपाल सहित भारतका राजेस्थान , बनारस,लगायतका पहलवानहरु उपस्थिति रहेकोे बताउनुभयो ।