राहतका लागि वडामा तालाबन्दी
सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिका ३ नम्बर वडा कार्यालयले राहत वितरणमा विभेद गरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । राहतको नाममा भ्रष्टाचार भएको र वास्तविक पिडितलाई नदिई गैरपिडितलाई राहत बाडेकाे आराेपमा आन्दोलन गरेको छ । वडामा स्थानीयले तालाबन्दी गरेको जनाएको छ ।

वडा अध्यक्ष धिरेन्द्र कुमार यादवले आन्दोलनमा उत्रेकाहरुलाइ लाभग्राहीकाे नाम शुक्रबारसम्ममा उपलब्ध गराउने र वार्ताको माध्यमबाट समाधान गर्ने भएको प्रतिक्रिया दिनुभयो ।


