डाक्टर राई कुटिए
सुनसरी
२०८१ कार्तिक ३ गते । इनरुवा नगरपालिका १ स्थित जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट ३२ वर्षिय डा सन्तोष राईलाई कार्तिक ३ गते
इनरूवा नगरपालिकाका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापाकाे निर्देशनमा उनका भाईसमेत रहेका नेपाली काग्रेस इनरूवा नगर कार्यसमितिका सचिव ३४ वर्षिय खेमराज थापाले कुटपिट गरेका छन । अस्पतालमा थापा दाजुभाइले आमालाई उपचारका लागि लगेका थिए । उनीहरूका आमालाई दुई दिनदेखि भर्ना गरिएको र अस्पतालले किडनीकाे रिपोर्ट गलत दिएको भन्दै आक्राेसित भएर आक्रमण गरेको प्रत्यक्षदर्शीले वताए । अस्पताल स्रोतका अनुसार अस्पतालकै एक चिकित्सक र विकास समितिका पदाधिकारीकाे याेजनामा कुटपिट गरिएको हाे । हाल उक्त घटना मिलाउन जिल्ला प्रहरी कार्यालय सुनसरीमा वार्ता भईरहेकाे छ । प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले छानबिन भईरहेकाे जानकारी दिनुभयो । थप केही इनरुवाका केही नेता घटना मिलाउन लागिपरेकाे बताईन्छ ।
