डाक्टर कुटने गिरफ्तार
इनरुवा, कार्तिक ५ गते । सुनसरी जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेण्ट ३२ वर्षीय डाक्टर सन्तोष राईलाई सनिबार राती कार्यकक्षमा कुटपिट गरेको घटनाका आरोपीतलाई प्रहरीले गिरफतार गरेको छ ।
जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको एक बिरामीको रिपोर्ट गलत दिएको भन्दै इनरूवा नगरपालिका–६ का ३४ वर्षीय खेमराज थापाले डाक्टर राईलाई कुटपिट गरेको आरोपमा आरोपीतलाई गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले डाक्टर राईको उजुरीको आधारमा स्वास्थ्यकर्मी माथि आक्रमण कसुरमा आरोपीत थापालाई गिरफ्तार गरेको जानकारी दिनुभयो ।

यसैबीच जिल्ला अस्पतालका कर्मचारी तथा चिकित्सकहरूले दोषीलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
इनरूवा नगरपालिकाका–६ का वडाध्यक्ष सुमन थापाको निर्देशनमा उहाँका भाई ३४ वर्षीय खेमराज थापाले डाक्टरको कार्यकक्षमै कुटपिट गरेको पीडित डाक्टरले बताउनुभयो ।
राष्टिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा अस्पतार सुधार सर्घष समितिले घटनाको विरोधमा दोषीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । । वडा अध्यक्ष थापाले घटनामा आफ्नो संलग्नता नरहेको प्रतिकृया दिनुभएको छ । मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
