सुनसरी
२०८१, कार्तिक ५ गते । राहत वितरणमा अनियमितता र भ्रष्टाचार भएको भन्दै सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ७ नम्बर वडा कार्यालयमा कार्तिक ५ गते बाढी पीडितहरुले तालाबन्दी गरेका छन् ।
गाउँपालिका र वडा कार्यालयले राहत वितरणमा विभेद गरेको भन्दै कार्तिक ५ गते स्थानीय आन्दोलनमा उत्रिएको दुई हप्तापछि सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
सोमबार मध्यानदेखी नाराबाजी सहित बाढी पीडितहरुका लागि राहतको नाममा भ्रष्टाचार भएको र वास्तविक पीडितलाई नदिई गैरपीडित, पहुँचबालालाई राहत बाडेको आरोपमा आन्दोलन सहित तालाबन्दी गरेको हो । वडामा सयौं स्थानीयले तालाबन्दी गरेको भोक्राहा नरसिंह ७ का स्थानीय गजेन्द्र प्रसाद यादवले जानकारी दिनुभएको छ ।
वडा अध्यक्ष बौवालाल यादवले आन्दोलनमा उत्रेकाहरुलाई सम्बोधन गर्नुपर्ने काम गाउँपालिकाको भएको प्रतिकृया दिनुभयो । उहाँले विभेद नभएको र बास्तविक पीडितलाई राहन उपलब्ध गराएको दावी गर्नुहुदै वार्ताको माध्यमबाट सबै समस्या समाधान गर्ने प्रतिक्रिया दिनुभयो ।