बालविवाह गर्ने चिनियाँ नागरिक सहित आठ पक्राउ
इनरुवा, कात्तिक ८ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतरामा विदेशी नागरिकसँग बालविवाह गराउने बेहुलीका बाबुसहित ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बालविवाह गराउने बेहुलीका बुवा ३९ वर्षीय लोकबहादुर परियारसहित आठ जनालाई पक्राउ गरेको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराबाट असोज ३० गते गते गिरफतार गरेर सार्वाजनिक गरिएको हो । बालिकालाई चीनको हुबेल बस्ने ३३ वर्षीय ली टेङ्सँग बालविवाह गराउँदै गरेको अवस्थामा बेहुलासहितका सहभागीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको डिएसपी तिमल्सिनाले बताउनुभयो ।
छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु ३९ वर्षीय लोकबहादुर परियार, बेहुला चिनियाँ नागरिक लि टेङ्, उदयपुरको बेलका नगरपालिका–९ का ४३ वर्षीया दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिकहरू ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विवाह गर्न नेपाली महिलाको उमेर २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ मा २० वर्ष नपुगी विवाह गर्न-गराउन नपाउने उल्लेख छ । साथै कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ ।
“नेपाली युवतीसँग विवाह गर्नुको कारण खुलेको छैन,” अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भन्नुभयो, “घटना शङ्कास्पद छ । लमीको प्रयोग गरेर नै विवाह गर्न खोजिएको छ ।”
व्यापार व्यवसायसँग जोडिएर नेपाली युवतीहरूसँग चिनियाँ नागरिकले विवाह गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ परेका सबैलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी तिमिल्सिनाले जानकारी दिनुभयो ।
![]()
1
0
1
0
1
https://www.facebook.com/v3.3/plugins/comments.php?app_id=252819208792591&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Dfe11daec3864d986a%26domain%3Dgorkhapatraonline.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fgorkhapatraonline.com%252Ff5576b8f16f32fddf%26relation%3Dparent.parent&container_width=330&height=100&href=https%3A%2F%2Fgorkhapatraonline.com%2Fnews%2F128051&locale=en_US&mobile=true&numposts=5&sdk=joey&version=v3.3&width=
