सुनसरीकाे बर्जु गाउँपालिका ३ बाट सशस्त्र प्रहरी बल बिओपी BOP अमडुवाले गाँजा बरामद गरेको छ ।

भारतीय बजारमा लाने तयारी गरेको अवस्थामा बर्जु गाउँपालिकाकाे वडा न. ३ टेङ्ग्रा खाेला किनाराबाट गाजा बरामद गरेको हो । सिमानामा उखुबारी हुँदै भारत तर्फ लैजादै गरिएकाे १८२.८१ किलाे गाँजा बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ । नम्बर ४ गण हे.क्वाटर सुनसरीका अनुसार ६ जनाकाे संख्यामा रहेका व्यक्तिहरूले प्याकिङ गरिएकाे गाँजा बाेरामा हालेर टाउकाेमा बाेकी भारततर्फ लैजादै गरेकाे अवस्थामा सशस्त्र प्रहरी निरीक्षक प्रकाश विक्रम कार्कीकाे टाेलीले फेला पारेकाे थियाे । तस्करीमा संलग्नहरू बाेरा (पाेका) छाडेर फरार भएकाे नम्बर ४ गण हे.क्वा. ले जनाएकाे छ । घटनाको थप अनुसंधान भईरहेकाे छ ।