अस्पताल प्रति सराेकारवालाकाे चासो
जयकृष्ण यादव । सुनसरी
जिल्ला अस्पताल सुनसरीमा भएको विभिन्न घटना र सवाल प्रति सुनसरी जिल्लामा रहेका राजनितिक दल, जनप्रतिनिधि र नागरिक अगुवाहरुले चासो देखाएको छ । साझा प्रतिबद्धता जाहेर गर्दै सुशासनमा जाेड दिएको छ । सुनसरी सदरमुकाम इनरुवामा रहेको सुनसरी जिल्ला अस्पताल इनरुवाको सेवा, सुविधा तथा चिकित्सक, स्वास्थ्यकमी, कर्मचारी र विरामीका सम्बन्धमा सुनसरी जिल्लामा रहेका राजनितिकदल, जनप्रतिनिधी र नागरिक अगुवाहरुको भेलाले निम्न बमोजिमको साझा प्रतिबद्धता जनाएकाे इनरुवाका पुर्व नगर प्रमुख खेमराज पाेखरेलले बताउनुभयो ।

पाेखरेलका अनुसार साझा प्रतिवद्धतामा जिल्ला अस्पतालको सेवा सुविधा विस्तार तथा स्तरवृद्धिका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार संग आवश्यक सहयोग माग गर्ने र सो का लागि अस्पताल विकास समितिलाई सहयोग गर्ने ,अस्पताल बाट प्रवाह हुने सुविधामा सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्दै अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नगरहित वातावरणमा सेवा प्रवाहको बातावरण निर्माण गर्न हामी सरोकारवाला सबैको साझा प्रतिबद्धता सहित सहकार्य गर्ने जनाएको छ।


यहा सेवा लिन आउने बिरामी प्रति चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको लापरवाहीका कारण विभिन्न समयमा हुने घट्नाले अस्पतालको सेवा प्रवाहमा असर पुगेको हुर्दा त्यसप्रकारका गम्भिर लापरवाहीका घट्नाहुन नदिन सम्बन्धित पक्षलाई जिम्मेवार बन्न आग्रह गर्ने, नेपाल सरकारबाट प्रवाह हुदै आएको गरिब,विपन्न, जेष्ठ नागरिकको उपचार सेवालाई प्रभावकारी बनाउन लक्षित बर्गको सहज पहुंचका लागि सूचना प्रवाह गर्न अस्पताल विकास सिमितिसंग अनुरोध गर्ने जनाएको छ यसैगरी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु कार्यालय समय र तोकिएको जिम्मेबारी समयमा पुरा गर्ने समस्याले बिरामीले दुख र झन्झट पाउने गरेकाले सो अवस्थाको अन्त्य गर्न अस्पताल प्रशासन ध्यान आकर्षण गराउने , अस्पतालमा २४ सै घण्टा सेवा दिने गरी बिरामी सहायता कक्ष स्थापना गरि कर्मचारीलाई जिम्मेवारी तोकेर राख्ने आग्र गर्ने भनिएको छ ।


कार्यक्रममा प्रदेश सभा सदस्य रामप्रसाद मेहता, जिसस प्रमुख राजन मेहता , पुर्व प्रदेश सभा सांसद राजिव कोइराला, पूर्व मेयर इनरुवा नगरपालिका खेमराज पाेखरेल, समाजिक अगुवा पोष्ट कुमार नेपाल , दिलिप चन्द साह, ओमकार दाहाल, महेन्द्र यादव, लक्ष्मण काकी, धर्मविर बार्य, दाताराम पोखरेल, रमेश भट्टराई, रमेश पोदार, जसपा नेपालका श्री रामधिन यादव, श्री राज कुमार उरांव, शशि कोइराला, पत्रकार जयकृष्ण यादव, पत्रकार राजेन्द्र पोखरेल , अमर काफले, मिलन पौडल सहित सहभागी थियो ।
