इनरुवामा पाँच दिने वृहत् निशुल्क योग बिज्ञान शिविर सम्पन्न
सुनसरीकाे इनरुवा नगरपालिका वडा नम्बर १ जेल खेल मैदानमा पाँच दिने वृहत् निशुल्क योग बिज्ञान शिविर सम्पन्न भएको छ ।

मंगलबारबाट वृहत् निशुल्क योग बिज्ञान शिविर सुरु भएकोमा सनिवार विहान प्रमुख अथिति जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहताले याेग हवन गरेपछि सम्पन्न भएको हो । सहयोगी हातहरुको संयुक्त आयोजनामा भएको शिविरमा नागरिकहरुले लाभान्वित भएको जनाएको छ । पतन्जली योग समिति इनरुवाका अध्यक्ष कैलाश राय राजपुतकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


इनरुवामा गरेको योग शिविरमा पंतजलि योग समिति नेपाल इनरुवाले विभिन्न निकायसँग सहकार्य गरेर सम्मपन्न गरेको जनाएको छ ।




शिविर दैनिक विहान ४:३० बजेदेखि ६:३० बजेसम्म सञ्चालन हुदैआएकाे थियो । योग विज्ञान शिविरले शारीरिक एवम मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पुर्याउने काम गरेको पतंञ्जलि योग समिति नेपालका काेशी प्रदेश मुख्य प्रभारी मिसटर चाैधरीले जानकारी दिनुभयो । विभिन्न सहयोगी हातहरुकाे ईश्वरीय सहयोगमा सम्पन्न भएको याेग शिविरमा हजार बढीले लाभ लिएको वहाँले बताउनुभयो ।


मानव जिवनमा योगको महत्वपूर्ण भुमिका हुने भएकाले स्वच्छ रहन योगको आवश्यकता रहेको उहाँले बताउनुभयो । योग शिविरको प्रशिक्षक समेत चाैधरीले नै गरिरहनुभएको थियोे । योग शिविररमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।







