जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक १० गते । सुनसरी जिल्ला अस्पताल इनरुवाका विरामी तथा कुरुवाहरुलाई नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको छ ।


नेपाली काग्रेंसको भातृ संस्था इनरुवा तरुण दल नगर कार्यसमितिले जिल्ला अस्पतालमा फलफुल वितरण गरेको हो । दलले आफ्नो स्थापना दिवशको अवसरमा सुनसरी जिल्ला अस्पताल इनरुवाका बिरामीहरुलाई फलफुल वितरण गरेको दलका सत्य यादवले जानकारी दिनुभयो ।

दिवशको अवसरमा आयोजना गरेको फलफुल वितरण कार्यक्रममा संविधान सभा सदस्य सिताराम मेहता, नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईराला, जिल्ला सभापती केदार भण्डारी, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता र नेता डा. अबुल अंसारी सहितका नेताहरुले सहभागिता जनाउनुभएको थियो । नेताहरुले अस्पतालमा भर्ना भएका विरामी र कुरुवा समेतलाई फलफुल वितरण गरेको दलले जनाएको छ । दलले आयोजना गरेको कार्यक्रममा नेताहरुले युवाहरुको नेतृत्व, व्यक्तित्व र संगठात्मक क्षमता विकासका लागि दलले अहम भुमिका निर्वाह गरेको बताउनुभएको थियो ।

१, सुनसरी जिल्ला अस्पताल इनरुवामा विरामीलाई फलफुल वितरण गर्दै

तस्विर ः जयकृष्ण यादव । इनरुवा