सतैरझाेरामा याेग शिविर
सुनसरीकाे गढी गाउँपालिका ६ मा तीन दिवसिय याेग विज्ञान शिविर सुरु भएको छ । पतञ्जली गढी योग समिति सतैरझाेराकाे आयोजना र गढी ६ नम्बर वडा कार्यालयकाे सहयोगमा तीन दिवसिय याेग विज्ञान शिविर सुरु भएको हो ।

तीन दिवसिय याेग विज्ञान शिविरमा प्रशिक्षक मिसटर चाैधरीले प्रशिक्षण दिईरहनुभएको आयोजक समिति अध्यक्ष शिवदयाल साहले जानकारी दिनुभयो ।
योगमा दैनिक दुई सय बढीको सहभागीता रहने मञ्च बनाईएकाे छ ।
