नेपाल यादव समिति दुहवी नगरपालिकाको बार्षिक साधारणसभा सम्पन्न
नेपाल यादव समिति दुहवी नगरपालिकाको बार्षिक साधारणसभा सम्पन्न भएको छ । नगर क्षेत्रका यादवहरुकाे उल्लेख्य सहभागीतामा प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको हो ।


नगर क्षेत्रका यादवहरुकाे उल्लेख्य सहभागीताम सम्पन्न सभाले गाेविन्द यादवकाे अध्यक्षतामा १३ सदस्यीय समिति चयन भएको छ । नगर समिति उपाध्यक्षमा डाक्टर अशोककुमार यादव, आम्बिका यादव सचिवमा निश्चल यादव, सहसचिवमा दिनेश यादव र काेषाध्यक्षमा मन्जु देवी यादव चयन हुनुभयो । त्यसैगरी सदस्यहरुमा गोपी यादव, प्रमेश्वर यादव , रामप्रताप यादव, रमेश यादव, कविता देवी यादव, नविन यदव चयन हुनुभयो ।

सल्लाहकारहरुमा आशिष् यादव ,विधान्नद यादव, राजाराम यादव र संजय यादव सहित चयन हुनुभयो ।

