देवराज यादव।सुनसरी

सुनसरी जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध गाँजा बरामद गरेको छ। देवानगञ्ज–३ कप्तानगन्जबाट सशस्त्र प्रहरीको टोलीले २८ किलो प्याकिङ गरिएका गाँजाको बन्डल फेला पारेको हो।

सशस्त्र प्रहरी बलका प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक बिरेन्द्र खनालको नेतृत्वमा खटिएको टोलीले बेवारिस अवस्थामा गाँजा बरामद गरेको छ।

उक्त गाँजा देवानगञ्ज नाकाबाट भारततर्फ लैजाने तयारीमा रहेको अवस्थामा बरामद गरिएको हो।बरामद गरिएको गाँजा आवश्यक कानूनी कारबाहीको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी नम्बर ४ गण हेड क्वाटर, सुनसरीले जनाएको छ ।