सप्तरङ्गी साहित्य समाज कोशीबाट सडकमा कविता वाचन कार्यक्रम

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तीको अवसरमा साहित्य कार्यक्रम सुनसरीकाे इनरुवामा सम्पन्न भएको ।

सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशले कविताको मार्फतबाट आम जनतालाई समसामयिक अवस्था बारे सुसूचित गराउन तथा देवकोटालाई चिनाउने उद्देश्यले पुरानु उदय चिया नास्ता पसल, टेम्पोचोक,इनरुवा ,सुनसरीको अगाडि सडक कविताको कार्यक्रम सम्पन्नर गरेको हो ।

कार्यक्रममा देवकोटाको जीवनका विभिन्न कोणबाट चर्चा र स्वतन्त्र रचना वाचन कार्य भएको थियो ।


समाजका अध्यक्ष रमेन्द्र कोइरालाकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राधा सुवेदी, लिला सिलवाल,
द्वारिकाप्रसाद पोख्रेल,माधवप्रसाद आचार्य

छविनाथ रिजाल, डम्बरुवल्लभ भण्डारी, फणीन्द्रप्रसाद दाहाल ,विष्णु थापा मगर,विष्णु दाहाल ,रंगलाल भट्टराई ,झोटन मेहता,सक्षम यादव ,पुन्डरी पोख्रेल लगायतकाले रचना बाचन र देवकोटाकाे याेगदानकाे चर्चा गर्नुभयो ।


