देवराज यादव । भाण्टाबारी
सप्तरीको राजविराजका युवा पत्रकार आदित्य अजयले मैथली गीत तथा म्युजिक भिडियोमा अभिनय गर्दै पत्रकारितासगैं कलाकारितामा प्रवेश गर्नुभएको छ । आदित्य अजयले केही वर्षअघि मिडियामा निडर पत्रकारको रुपमा कलम चलाउदै अबाज विहिनको आबाज उठाउदै आएकोमा समुदायलाई कलाकारिताको माध्यमबाट समेत सुसुचित गर्ने उदेश्यका साथ पत्रकारितासगैं कलाकारितामा प्रवेश गर्नुभएको हो । युवा पत्रकार आदित्य अजयले
माथे दौरा लके चलु छठी घाट देवरजी, कल धानके रोपनिया धनी धिरेधिरे सहितको मौलिक तथा अधुनिक गीतका ५० भन्दा बढी गीतमा अभियन गर्नुभएको छ । पच्छिलो पटक छठको गीत सहित अन्यमा समेत अभिनय गरेको सहकर्मी देवराज यादवले जानकारी दिनुभयो ।

मोडल सन्तोश कुमार, पुनम ठाकुर, कलाकारहरु देवराजष् यादव, लालु प्रसाद यादव सहितले माथे दौरा लके चलु छठी घाट देवरजीमा अभियान गर्नुभएको छ ।
तराई मधेसको माटोपानी सुहाउदो गितमा अभियन गर्दै समाजमा थप प्रेरणाको स्रोत बन्दै अगाडी बढेको जनाएको छ ।


यसैबीच कार्तिक १९ गते साँझ माथे दौरा लके चलु छठी घाट देवरजीको सार्वजनिककरण(रिलिज) हुदैछ । आजै साँझ ६ बजेको समयमा युटुब तथा सामाजिक सञ्जलमा रिलिजको तयारी गर्नुभएको यादवले बताउनुभयो ।