देवानगञ्जका ५० बढी यादव सम्मानित



सुनसरीकाे सिमावर्ती देवानगञ्ज गाउँपालिकाका ५० बढी यादव अगुवाहरु सम्मानित हुनुभएको छ ।


साेमबार नेपाल यादव सेवा समिति देवानगञ्ज गाउँ समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यहाँका ५० बढी यादव समुदायका सेवा निवृत्त सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधि , खेलाडी र पुर्व जनप्रतिनिधिलाई सम्मानित गरेको हो ।




जय राधब , जब माधव, जय श्री कृष्ण मुल नाराका साथ हिन्दुहरुको महान चाड वडादशै, शुभ दीपावली एवं छठपर्वको शुभउपलक्ष्यमा शुभकामना आदानप्रदान , सम्मान तथा विधान समितिको सुझाव कार्यक्रममा सम्मान गरेको जनाएको छ ।


नेपाल यादव सेवा समिति देवानगञ्जका अध्यक्ष शिवानन्द यादनको अध्यक्षता तथा नेपाल यादव सेवा समितिको केन्द्रिय सदस्य तथा पुर्व शिक्षा , विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला यादवकाे प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादव, वडा सदस्य कमसेश यादव सहित ५० जनालाई सम्मान गरेको सचिव शिवनारायण यादवले जानकारी दिनुभयो ।






कार्यक्रममा समिति का जिल्ला अध्यक्ष देवकृष्ण यादव, उपाध्यक्ष ओमप्रकाश यादव , चन्दन यादव, अभिनन्दन यादव, सल्लाहकार जयकृष्ण यादव, उमेश प्र० यादब , बराहक्षेत्र अध्यक्ष राजकुमार यादव सहितको उपस्थिति रहेको थियो ।






