कोशी अध्यक्ष अंसारी र प्रधानमन्त्री देउवाबीच भेटघाट कोशीसम्म सडकलाई चारलाईनको बनाउन माग
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १९ गते । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुुव अंसारीले काकडभिट्टा लौकही सडक खण्डलाई चार लाईनको बनाउने काम कोशी व्यारेजसम्म गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोशी गाउँपालिकाका अध्यक्ष ऐयुुव अंसारीले काकडभिटा लौकही सडक खण्डलाई चार लाईनको बनाउने काम कोशी व्यारेजसम्म गर्नुपर्ने माग गर्नुभएको हो । बुधबार अंसारीले काकडभिट्टादेखी रामधुनीको सीमा कान्छी चौकसम्म ९६किलोमिटर फोरलेन मात्रै विस्तार नगरि सोही मापदण्ड अनुसार कोशी गाउँपालिकाकाको कोशी व्यारेजसम्म विस्तार गर्नुपर्ने माग गर्नुभयो ।

वहाँले आधाबाटोसम्म मात्रै ठेक्का लागेकाले कोशी गाउँपालिका सहित इनरुवा र भोक्राहा गाउँपालिका पनि ओझेलमा पर्ने भएकाले ध्यानाकर्षण गरेको बताउनुुभयो । त्यसैगरी प्रधानमन्त्री देउवालाई अध्यक्ष अंसारीले सुनसरीको रामधुनी र बराहक्षेत्र नगरपालिकामा रहेका ऐतिहासिक मठमन्दिरको संरक्षण तथा सम्वद्र्धन गर्दै धार्मिक पर्यटनको विस्तारमा ध्यान दिन र कोशी टाप्पु बन्यजन्तु आरक्षको जनावर र मानव द्धन्द्धलाई अन्त्य गर्दै पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाको सचिवालयमा भेटेर लिखित रुपमा नै प्रमुख चार वटा सवालहरु राख्नुुभएको अंसारीले साकारात्मक प्रतिकृया पाएको बताउनुुभयो । प्रधानमन्त्रीसंगको विषेश भेटघाटमा कोशी गाउँपालिकाको सीमावर्ती क्षेत्र लौकहीमा रहेको छोटी भन्सार कार्यालयलाई मुुल भन्सार कार्यालयको रुपमा परिणत गर्न समेत आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवासंगको भेटघाट कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुुव अंसारीसगैं हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, नेपाली काग्रेंसका महाधिवेशन प्रतिनिधि डा. अबुल हुसेन अंसारी, नेता रामदेव यादव सहितको उपस्थिती रहेको थियो ।
सहभागीहरुले सुनसरीको समग्र विकासमा समेत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुुभएको थियो ।
अध्यक्ष अंसारीले महत्पूर्ण भेटघाटबाट माग सम्बोधन भएको खण्डमा यस क्षेत्रका नागरिकलाई राहत मिल्ने प्रतिकृया दिनुुभयो ।

१, सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट हुदै ।

