प्रथम वडा स्तरीय कबर्डि प्रतियोगिताकाे उपाधी चुमे जमुवा क्लब
जजन्युज । सुनसरी
सुनसरीकाे इनरुवा नगरपालिका वडा नम्बर ९ बबिया जमुवा खेल मैदानमा मंगलबार सम्पन्न भएको प्रथम वडा स्तरीय कबर्डि प्रतियोगितामा उपाधी जमुवा क्लबले चुमेकाे छ ।


फाईनल खेलमा इनरुवा ८ जिराईत टिमलाई २७ काे विरुद्ध ५६ अंकले पराजित गर्दै जमुवाले उपाधी चुमेकाे हो । विजेताले ७००० नगद, सिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता जिराईत क्लब इनरुवा ८ ले ३५०० रुपैयाँ नगद सहित पुरस्कार पाएकाे छ ।


दुबैलाई विषेश अथिति अनिल पाेखरेल, बसिरमुद्धिन मन्सुरी र चिनेश्वर मेहताले पुरस्कार प्रदान गर्नुभयो । टिमहरुलाई अथिति जयकृष्ण यादव सहितले हार्दिक बधाई दिनुभएको थियो ।




