इनरुवा, कार्तिक १५ गते ।सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरकी २१ वर्षिया रुवि कुमारी साहको पती २५ वर्षिय भिम साहले विष खुवाई हत्या गरेको माईती पक्षले दावी गरेको छ । मृतककी आमा ४२ वर्षिया ललितादेवी साहले आफ्नी छोरी रुवी कुमारी साहको ज्वाइँ भिम साह र छोरीकै ३५ वर्षिया जेठानी सम्तोलिया साहले बीस सेवन गराई हत्या गरेको दाबी गर्नुभएको छ ।

पीडितकी आमाले मिडियामा भनिन् दोषीलाई कार्वाही हुनुपर्छ होईन भने हामीले पनि कानुन हातमा लिएर अगाडि बढ्ने हुनुपर्छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाको जानकारी दिएको पीडित पक्षको भनाई छ । मृतका बवा राजाराम साहले घटनाले आफू दुखित भएको प्रतिकृया दिनुभयो । सुनसरी भोकाहा नरसिह गा.पा. वार्ड नं. ३ माईती भएकी रुवि कुमारी साहले डेढ वर्ष अघि भिमसंग प्रेव विवाह गर्नुभएको थियो । विवाह पछि भिमको भाउजुसंग अनैनिक सम्बन्ध सुरु भएकाले रुविलाई मार्ने योजना बनाएको र विष खुवाई छोरी रुवी कुमारी साहको हत्या गरेको पीडिकी आमाको दावी छ ।

https://studio.youtube.com/channel/UCyhfCxwlHVZgyENm-6HeyNQ


पीडिकी आमाका अनुसार अधिकनाल साहको छोरा आफ्ने ज्वाई हरिनगर गा.पा वार्ड नं ३ का २५ वर्षिय भिम साह र अर्जुन साहको पत्नी ३५ वर्षिया समतोलिया देवी साहले २०८१ साल कार्तिक ९ गते शुक्रवार दिनको १२ बजे विष खुवाएको र उपचारको क्रममा कार्तिक १४ गते मृत्यु भएको हो । पीडित पक्षका अनुसार छोरी रुवी कुमारी साहको २०८० साल वैशाख १२ गते प्रेम विवाह भिम साहसंग भएको थियो । विवाहपछि तीन महिना राम्रोसंग घर बसेको छोरीलाई निजको पति भिम साह र भिम साहको भाउजु समतोलिया देवीले पछि धेरे हिंसामा पारेको शारिरीक, मानसिक यातनाजन्य व्यवहार गर्दै छोरीलाई पिडीत बनाएको थियो । कार्तिक ९ गते शुक्रवार विहान बजे छोरी रुवी कुमारी साहले फोन गरी ४ महिनाको गर्भवती भएपछि पती र जेठानी मिली मलाई बच्चा गर्भपतन गर्न भनी रहेछ । म गर्भपतन गर्न मान्दिन भनेर भन्दा मलाई ज्यान मारीपिट गरी रहेको छ उनीहरुले गर्भपतन नगराए मार्ने धम्की दिएको सुनाईन । सोही दिन कार्तिक ९ गते करिव १२ बजे दिउसो विष खुवाएको र अस्पताल लगेको सूचना पाएको बताउनुभयो । गोल्डेन अस्पातलमा जादाँ नबोल्ने अवस्थामा उपचार भईरहेको थियो र कार्तिक १४ गते मृत्यु भएको हो । प्रहरीले मौखिक जानकारी आएपछि यसको बारेमा थप जानकारी बुझ्ने प्रयास भईरहेको जनाएको छ । डिएसपी रामप्रसाद तिमिल्सिनाले घटनाको बारेमा विष सेवन गरेको व गराएको बारेमा बुझ्ने प्रयास भईरहेको प्रतिकृया दिनुभयो ।
घटनाको सकास्पद गतिविधि
२०६५ सालमा जन्मेकी रुवि साह कक्षा १० को परीक्षा दिएर २०८० सालको बैसाखमा आफन्त गढी गाउँपालिका ४ का मुनर साहको घरमा पुगेको बेला हरिनगर गा.पा वार्ड नं ३ का २५ वर्षिय भिम साहसंग माया जालमा फस्नुभएको थियो । भिम साहले भरखरकी १६ वर्षकी रुविलाई बालापनको फाईदा उठाई विवाहको जालमा फसाई एक वर्षसम्म इज्जत लुटे । पछि आफ्नै दाजु अर्जुन साहको पत्नी ३५ वर्षिया समतोलिया देवी साहसंग लसफस सुरु गरे । समतोलियाले पती अर्जुलाई छाडेर देवर भिमसंग सल्केपछि एक कान दुईकान मैदान हुदै रुविको कानसम्म पुगेको र रुबिले गर्भवती बन्न इक्छा जाहेर गरेकोमा भिमले त्यसलाई अस्विकार गर्दै आएकोमा साउनमा रुवि गर्भवती भईन । त्यो गर्भ बसेको झण्डै चार महिना पछि रुविको जेठानी अर्थात भिमका भाउजु समतोलिया देवी साहले थाहापाई केहीदिनको योजना पछि २०८१ साल कार्तिक ९ गते शुक्रवार दिनको १२ बजे विष खुवाएको र उपचारको क्रममा कार्तिक १४ गते मृत्यु भएको थियो ।
विष खुवाएर दबाबमा मिडियो बनाएको खुलासा ः
पती भिम र जेठानी समतोलिया देवी साहले विष खुवाएर मार्ने काममा लागेको अर्को भिडियो बनाएर प्रहरीसम्म पठाएको घटनाले पुष्टी गरेको छ । मृतकलाई दबावमा पारेकाले आफूले आफै विषदी सेवन गरेको भिडियो बनाएकोले घटना थप रहस्यमय रहेको देखिन्छ । पीडितकी आमाका अनुसार मृतक रुविकुमारी साहलाई वंश बढाउन नदिने र जेठानी समतोलिया देवी साहले भिमसंग रमाईलो जिवन विताउने प्रयास स्वरुप घटना सडयन्त्रपूर्ण तरिकाले गरेको हो । घटनापछि दौरिकलाल साह सहितले घटना दबाउने प्रयास गरेको समेत दावी गरिएको छ ।
घटनाको अनुसंधान गर्न माग ः

गौतमपुर प्रहरी चौकीका सरोज पंडित सहितले राजनीतिक दबावमा हत्याको घटनालाई प्रभावित पार्ने प्रयास गरेकाले उच्चस्तरीय प्रहरी अधिकृत टोलीबाट घटनाको अनुसंधान गर्न पीडित पक्षले माग गरेको छ । मंगलबार मिडियामा आएर पीडितका आमाले घटनाको अनुसंधान गरि दोषीलाई पक्राउ गरी हदैसम्मको कार्वाही गर्नुपर्ने माग गरेको हो ।