छठपूजाका लागि छठ घाट निर्माण
जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक २१ गते । सुनसरीमा देशकै सबै भन्दा ठूलो नदी सप्तकोशी नदी सहित यहाँका दर्जन बढी जलासयमा छठपूजाका छठ घाट निर्माण गरिएको छ । पुजाका लागि सुनसरीका स्थानीय पोखरी, सुनसरी खोला, गडन खोला, बुढी खोला, सुनसरी मोरगं सिचाई योजना नहर तथ शाखा नरहलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम गरिएको हो । विहीबार हुने छठ पर्वका लागि सुनसरीमा विभिन्न नदीखोला तथा जलासयहरुमा छठ घाट निर्माण कार्य भएको छ । जिल्लाको सीमावर्ती स्थानीय तहहरुमा नदी, खोला, पोखरी तथा जलासय अभाव रहेको ठाउँमा कितृम पोखरी बनाएर पुजापाठको तयारी गरेको छ । शंकरपुर शाखा नरह अन्तरगत रामधुनी, डुम्राहा, मधेसा, घोपाली टोल, बलाहा, बबिया, जल्पापुर, गौतमपुर , राजगञ्ज सिनुवारी, मध्यहर्षाही, देवानगञ्जसम्म सयै घाट निर्माण भएको छ भने सितागञ्ज शाखा नहर, सुखसेना शाखा नहर, हरिपुर शाखा नहर सुनसरी खोला र मरिया खोलामा हजारौंको संख्यामा छठ घाट निर्माण गरिएको छ ।

सीमावर्ती क्षेत्रमा पानीको अभाव हुने ठाउँका वर्तालुका लागि हरिनगर गाउँपालिकाले जेसिबी निशुल्क रुपमा व्यवस्था गरेको हरिनगर ४ का वडा अध्यक्ष देवनारायण मेहताले बताउनुभयो ।
उता जिल्ला सदरमुकाम इनरुवा सहित दुहवी, रामधुनी, बराहक्षेत्र, इटहरी, कोशी, लौक्ही, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढी सहितका स्थानीय बजारमा छठमा प्रयोग हुने प्रसाद सामग्रीको किनमेल बढेको छ । बजारमा केरा, बाँसको सामग्री र माटोको सामग्रीको बारोबार ह्वातै बढेको व्यपारीहरुले बताएका छन् ।


१, सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको यादव टोल छठ घाटमा सरसफाई गर्दै स्थानीयहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
