इनरुवा, कार्तिक २२ गते । सुनसरीमा छठपूजाको मुख्य दिन आज छठ घाट निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ । साझँ हुने छठ पुजाका लागि मध्यानदेखी पूर्ण रुपमा छठ घाट निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको हो ।


सुनसरीका स्थानीय पोखरी, सुनसरी खोला, गडन खोला, बुढी खोला, सुनसरी मोरगं सिचाई योजना नहर तथ शाखा नरहलगायत जलाशय किनारमा केराको थम्ब, उखु र बाँस गाडेर छठ घाट बनाउने काम गरिएको हो । छठ पर्वका लागि सुनसरीमा विभिन्न नदीखोला तथा जलासयहरुमा छठ घाट निर्माण कार्य भएको छ ।

शंकरपुर शाखा नरह अन्तरगत रामधुनी, डुम्राहा, मधेसा, घोपाली टोल, बलाहा, बबिया, जल्पापुर, गौतमपुर , राजगञ्ज सिनुवारी, मध्यहर्षाही, देवानगञ्जसम्म सयै घाट निर्माण भएको छ भने सितागञ्ज शाखा नहर, सुखसेना शाखा नहर, हरिपुर शाखा नहर सुनसरी खोला र मरिया खोलामा हजारौंको संख्यामा छठ घाट निर्माण गरिएको छ ।
सीमावर्ती क्षेत्रमा पानीको अभाव हुने ठाउँका वर्तालुका लागि हरिनगर गाउँपालिकाले जेसिबी निशुल्क रुपमा व्यवस्था गरेको हरिनगर ४ का वडा अध्यक्ष देवनारायण मेहताले बताउनुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको यादव टोल छठ घाटमा स्थानीयहरु ।