विहारका मन्त्रीलाई कोशी क्षेत्रको सडक बनाई दिन आग्रह
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १९ गते । कोशी क्षेत्रको सडक बनाई दिन आग्रह गर्दै सुनसरीको कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले भारतको बिहार राज्यका जल संसाधन बिभाग मन्त्री संजय झालाई ज्ञापन पत्र बुझाउनु भएको छ । विहीबार सुनसरीको कोशी तटबन्धको निरीक्षण, अवलोकन तथा अधिकारीहरुसंग छलफल गर्न आउनुभएका बिहार राज्यको जल संसाधन विभागका मन्त्री झालाई पूर्वपश्चिम लोकमार्गको जमुवा नहर चौकदेखी उतर कोशी ट्प्पु जाने बाटोलाई मर्मत तथा चौडाई बढाई कालो पत्रेको कामको लागी ज्ञापन पत्र बुझाएको यादवले बताउनुभयो । यादवले मन्त्री झाले आफू सक्दो सहयोग गर्ने बचन दिएको बताउनुभयो । ज्ञापन पत्र बुझाउन कोशी स्थानीय सरकार उपाध्यक्ष अनिता देबि यादव सहित प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहता सहित कोशीटप्पु पुग्नुभएको थियो । मन्त्री झाको टोलीलाई नेपालमा स्वागत तथा सम्मान गर्दै ज्ञापन पत्र समेत बुझाएको थियो ।
अघिल्लो वर्ष पटान पुगेर मन्त्री झालाई अध्यक्ष, उपाध्यक्ष सहितको टोलीले आग्रह गर्दा लौकही, मधुवन हुदै शुक्रबारेसम्मको बाटोमा मर्मत सम्भारका लागि सहयोग गर्नुभएको थियो । मन्त्री झाले कोशी सम्झौता अनुसारको काम गर्दै कोशी क्षेत्रमा प्राविधिक र सवारी आउनजान सहजताका लागि आसपासका क्षेत्रमा पनि सहयोग गर्दै आउनुभएको स्थानीयहरुले बताएका छन् ।

१ सुनसरीको कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले भारतको बिहार राज्यका जल संसाधन बिभाग मन्त्री संजय झालाई ज्ञापन पत्र बुझाउनुह्दै र अर्कोमा स्वागत गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

