स्वतन्त्र पत्रकार संघ सुनसरी अध्यक्षमा अलि र सचिव रविन्द्र यादव
रवीन्द्र यादव । सुनसरी
इनरुवा । सुनसरीका स्वतन्त्र पत्रकारहरुकाे भेलाले स्वतन्त्र पत्रकार संघ सुनसरी जिल्ला कार्य-समितीको अध्यक्षमा अकबर अलि र सचिवमा रविन्द्र यादव चयन हुनुभएको छ ।

सुनसरीको भोक्रहा नरसिंह गाउँपालिकाका पत्रकार रविन्द्र कुमार यादव स्वतन्त्र पत्रकार संघ नेपाल, सुनसरी जिल्ला कार्य-समितीको सचिव पदमा चयन भएका छन् ।सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा स्थिति रहेको फुलवारीमा होटेलमा स्वतन्त्र पत्रकार संघ सुनसरी- जिल्ला समितीको संयोजक अकबर अलिको अध्यक्षतामा बसेको बैठकबाट आफूले जिम्मेवार पाएको बताउनुभयो। यादवले भन्नुभयाे, लाई थप जिम्मेवारी महसुस गराएको छ, र म पत्रकारिताको मूल्य, मर्यादा, र स्वच्छतालाई अझै मजबुत बनाउँदै समाजमा सत्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्ने आफ्नो कर्तव्यलाई निष्ठापूर्वक निर्वाह गर्ने चलायमान बनाउने आफ्नो कार्यकालको मुख्य लक्ष्य समेत रहेको उहाँले बताउनु भएको छ । अकबर अलिको अध्यक्षतामा १५ जना सदस्य समिति सर्वसहमतिमा चयन भएको हो ।
