कोशी बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा सम्पन्न

जयकृष्ण यादव । अनिल कुमार श्रेष्ठ
जजन्युज संवाददाता
सनुसरीको इनरुवा नगरपालिका १ मा रहेको कोशी बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२०५८ सालमा स्थापना भएकोे र थोरै सेयर सदस्यबाट सुरु भएको संस्थामा ५५२ जना महिला र ७२५ जना पुरुष गरी एक हजार २७७ जना शेयर सदस्य रहेको र कुल सम्पती ३८ करोड आठ लाख २४ हजार ९०१ रुपियाँ रहेको सधारण सभामा जानकारी दिएको छ । यो संस्था २४ बर्ष पूरा गरीसकेको अवस्थामा संचालक समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन , आयव्यय विवरण पारित गर्दै सधारण सभा सम्पन्न गरेको व्यवस्थापक रिजन तिम्सिनाले जनाकारी दिनुभयो ।


कोशी बचत तथा ऋण सहकारी संस्था २४ बर्ष अगाडि २०५८ साल साउन ३० गते विधिवत रुपमा सहकारीमा दर्ता भई सञ्चालनमा आएको हो । कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खुद मुनाफा एक करोड ४४ लाख रुपैया आर्जन गर्न सफल भएको जनाएको छ ।
शनिवार आयोजित उक्त साधारण सभामा शेयर सदस्यहरु, लेखा समितिका संम्योजक तथा सदस्य, सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी, सहकारीम कार्यरत्त कर्मचारी,सहयोगी लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।





सो अवसरमा सञ्चालक समितिका तर्फबाट कोशी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्ण प्रसाद दाहालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष दाहालका अनुसार शेयर पुँजी असार मसान्त सम्ममा रु ३ करोड ३ लाख ४१ हजार ७००, निक्षेप संकलन (बचत) २७ करोड ५१ लाख ९८ हजार ११० रुपियाँ १३ पैसा, दिर्घकालीन ऋण तथा दायित्व १८ लाख ९० हजार र चालु दायित्व तथा व्यवस्था अनुसुची १० अनुसार दुई करोड ८२ लाख २२ हजार ८ सय ८८ गरेको छ ।
अध्यक्ष दाहालका अनुसार कोशी बचत तथा ऋण सहकारी संस्था लि.को ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, गरिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्रभु बैंक, लुम्बिनि बैंक, साकास संघ लिं., जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैकमा समेत खाता सञ्चालन भइरहेको छ । साधारण सभामा असल बचत कर्ताहरु अश्विनी कुमार भट्टराई, सारीका सोनी, गोमा कार्की, नरेश झा, खग्रेन्द्र प्रसाद गुप्ता, समीम अख्तर, जितेन्द्र राय, माधव पंडित, राकेश कुमार गुप्ता, नवराज कार्की, रन्जनी कुमारी साह, शिव खतिवडा, ओम प्रकास साह, कोमल दत्त ग्रन्धोवनी र सुरेन्द्र मण्डललाई पुरस्कृत गरिएको छ । त्यसैगरी उत्कृष्ट बाल बचत कर्तातर्फ विज्वल गजमेर (संरक्षकः विक्रम विश्वकर्मा) र प्रनभ दाहाल (संरक्षकः भानुभक्त दाहाल)लाई सम्मान गरिएको छ । त्यसैगरी २०८० सालको एस.इ.इ. परीक्षमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने सक्षम कोईराला र कृतिका भट्टाईलाई नगद सहित पुरस्कृत गरिएको छ । त्यसैगरी असल ऋणीतर्फ लक्ष्मी बजगाई, विनोद साह, कोमल कुमार चौधरी, ललीता साह, अन्जनी चित्लानिँया, केदार वहादुर खड्का, पर्शुराम राई, सन्तोषि धिमिरे, लिलावत्ती कुमारी माझी, मो. मुन्ताज मियाँ, लक्ष्मी देवी ढुङ्गाना, इन्दीरा रेग्मी, विष्णु लुइटेल, दुर्गा देवी दाहाल र चन्द्र मोहन शर्मालाई पुरस्कृत गरिएको छ । उत्कृष्ट दिदि बहिनी बचत कर्तातर्फ उर्वशा देवी भट्टराई र वविता सत्याललाई पुरस्कृत गरिएको छ ।








सभाको अवसरमा कार्यक्रममा प्रमुख अतिथि इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले करोड बढी मुनाफा कमाउने सहकारी भएकोमा बधाई दिनुभयो । भण्डारीले सहकारीले समाजमा सानासाना रकमलाई बचत मार्फत संकलन गर्ने र आवश्यक भएका सेयर सदस्यहरुलाई लगानी गर्ने र उधोग, व्यपारमा लगाएर आय आर्जनमा सहयोग गरेको बताउनुभयो ।
साधारण सभा कार्यक्रममा सहकारीका लेखा समिति संयोजक योगेन्द्र गिरी, सदस्य जमुना गौतम पोखरेल र अच्युत भण्डारी, ऋण उप समिति संयोजक उद्धबप्रसाद काफ्ले,सदस्य हेमराज पोखरेल र प्रकाश नेपाली, संचालक समितिका उपाध्यक्ष सुधा तिम्सिना, कोषाध्यक्ष कृष्ण प्रसाद तिम्सिना, सदस्य रामप्रसाद घिमिरे, रमेश तिम्सिना सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहकारीका विज्ञ, विभिन्न सहकारीका अध्यक्ष तथा संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन सदस्य रमेश तिम्सिनाले गर्नुभएको संस्थाका प्रशासकीय सहायक लनिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


वक्ताहरुले आर्थिक गतिबिधि सुचारु गर्ने सहकारी संस्थाहरुले देश गम्भीर राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको समयमा समेत मुलुकबासीको आर्थिक मेरुदण्डको एउटा पाटो बन्दै गएको दावी गरेका छन् । सहकारीले राज्यलाई अर्बो राजस्व बुझाएको मात्र छैन लाखौलाई रोजगारी दिनुका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको तथ्य पनि राज्यको सामु छर्लङ्ग रहेको दावी गरेका छन् । यस्तै महत्वपूर्ण योगदान दिने सहकारी संस्थाहरु मध्ये सुनसरीको इनरुवा नगरपालिकामा सक्रियतापूर्वक २४ वर्षदेखी सेवा तथा कार्यरत कोशी बचत तथा ऋण सहकारी संस्था लि.पनि एक एकको सहकारीकर्मीहरुले बताएका थिए । जसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदै आएको छ ।
