लेखक तथा साहित्यकार बेचन उराँव भारतमा सम्मानित
नेपालकाे भाषाभाषी साहित्य तथा उराँव समुदायको उत्थान , विकास र नेपाली साहित्यकारहरुकाे बिचमा परिचित लेखक तथा साहित्यकार बेचन उराँव भारतमा सम्मानित हुनुभएको छ ।

भारतमा १५० औं बिरसा मुण्डा जयन्तीको अवसरमा बिर्सा मुण्डा अवार्ड २०२४ (Birsa munda Award- 2024 )बाट उराँव सम्मानित हुनुभएकाे हो । आईतवार भारतकाे राजधानी नयाँदिल्लीमा उक्त अवार्ड गाेरखापत्र दैनिक उराँव भाषा पृष्ठ संयाेजक एवं नेपाल उरांँव आदिवासी प्रतिष्ठानको अध्यक्ष बेचन उरांँवलाई सम्मान गरेको हो ।


जनजाति गाैरब दिवसको अवसरमा भारतीय धर्ती आवा विर्शा मुण्डा अर्वाड संस्कृति मन्त्री जाउल उराँवबाट उराँव सम्मानित हुनुभएकाे छ । सम्मानित हुनुभएकाेमा उराँवलाई पत्रकार जयकृष्ण यादवले फेसबुकबाट हार्दिक बधाई तथा नेपाली उराँव र साहित्यकाको क्षेत्रमा थप नाम उच्च शिखरमा पुगाेस भन्दै उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ ।

पत्रकार जयकृष्ण यादवले गाेरखापत्र दैनिकमा पृष्ठ संयाेजक हुदै उराँव कुडुख भाषामा याेगदान गर्नुका साथै दुई दशकदेखि इनरुवा सहित देशभरका उराँव समुदायको संस्कृति ,संस्कार, पहिरण, भेषभुषा र भाषा संरक्षणमा याेगदान गरेकोमा भारतीय भुमिमा उराँव सम्मानित हुनुभएकाेमा बधाई दिनुभएको छ ।



सम्मानितलाई बधाई

