मायाघरमा नाम बतन थाहा नभएको महिलाको मृत्यु
इनरुवा, मंसिर ३ गते ।सुनसरीको ईटहरी उपमहानगरपालिका –२ मा रहेको माया घरमा नाम बतन थाहा नभएको एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तत्काल नामथर वतन नखुलेकी तराई मुलकी जस्तो देखिने ६०÷६५ वर्षिया महिलाको मृत्यु भएको हो ।

बेवारिसे अवस्थामा भदौ ४ गते फेला परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरी महिला सेलले वेवारीसे अबस्थामा फेला पारी माया घर इटहरीमा ल्याई राखेकोमा आईतबार मृत्यु भएको हो । इटहरीको सामुदायिक प्रहरी बिट हवाईचौककी सर्मिला प्रसाईको टोलीले घट्नास्थल सुरक्षित राखेको थप अनुसन्धान तथा कानुनि प्रकृयाको पुरा गरेको छ । इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीबाट प्रहरी निरीक्षक महेन्द्र पराजुली सहित टोलिले घटनाको थप अनुसंधान थालेको जनाएको छ ।
