सुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रमा रहेको नीजि विधालयका संचालक तथा प्निन्सिपलहरुकाे सहभागीतामा इनरुवा नगर प्याब्सनकाे तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशन तथा भेलाले पाच सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । अधिवेशनले पुरानो समितिकै अध्यक्ष रमेशप्रसाद गुरागाई सहित पाँच सदस्यीय निर्वाचित नगर प्याब्सन इनरुवा कार्यसमिती चयन गरेको हो ।

सचिवमा गंगा राम मण्डल,कोषाध्यक्ष – लोक नारायण मेहता र सदस्यमा हरि शरण साह, राज कुमार चौधरी चयन हुनुभयो ।