मंसिर २९ गतेदेखी रामधुनीमा प्रथम मेयर कप हुदै
जयकृष्ण यादव । इनरुवा
इनरुवा,मंसिर १० गते । रामधुनी नगरपालिकामा मंसिर २९ गतेदेखी पहिलो पटक प्रथम रामधुनी मेयर कप फुटबल प्रयोगिता गर्ने भएको छ । कोशी प्रेदशका आठ टिमको सहभागितामा हुन लागेको प्रथम रामधुनी मेयर कप फुटबल प्रयोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक उदियमान यूवा नेपाल रामधुनी ९ डुम्राहाले जनाएको छ । आयोजकले रामधुनी नगरपालिका ९ धुराहा खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरि दिएको जानकारी अनुसार आयोजक रामधुनी सहित च्यात्यास फुटबल क्लव झापा, गाईघाट फुटबल क्लव उद्यपुर, विभागिय टिम सशस्त्र प्रहरी पक्ली, साईनो स्पोर्टिगं क्लव मोरगं, तालतलैया फुटबल क्लब तरहारा सुनसरी, मेघा स्पोर्टस एकेडेमी विराटनगर, न्यू स्टार क्लब भरौल सुनसरी सहित कोशी प्रेदशका आठ टिमको सहभागितामा मंसिर २९ गतेदेखी सुरु हुने प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।



नगरको ओझेलमा रहेको धुराहा खेल मैदानसंरक्षण प्रचारप्रसार र स्थानीय रुपमै खेलाडी उत्पादन गर्न प्रोत्सानका लागि पहिलो पटक मेयर कपको आयोजना गरेको खेल संयोजक पुष्प नारायण चौधरीले जानकारी दिनुभयो ।


पत्रकार सम्मेलनमा रामधुनी नगरपालिका ९ का वडा अध्यक्ष घनश्याम चौधरीले प्रतियोगिताको उपाधी चुम्नेलाई एक लाख एक सय रुपियाँ नगद , ट्रफि र सिल्ड तथा उपविजेतालाई ५० हजार १०० रुपियाँ नगद, ट्रफि र सिल्ड प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले विजेता तथा उपविजेतालाई पुरस्कार तथा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर समेतलाई प्रोत्साहन सहितको पुरस्कार दिने जानकारी दिनुभयो ।
प्रतियोगितामा कुल १२ लाख २० हजार २०० रुपियाँ खर्च लाग्ने जानकारी दिएको छ । कपको प्रमुख सहयोगीको रुपमा रामधुनी नगरपालिका रहेको छ भने ९ नम्बर वडा कार्यालय सहित विभिन्न दातृहरुबाट सहयोग लिई प्रतियोगिता गर्न लागेको रामधुनी ८ का वडा अध्यक्ष सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

१, रामधुनी नगरपालिकामा मंसिर २९ गतेदेखी पहिलो पटक हुन लागेको प्रथम रामधुनी मेयर कप फुटबल प्रयोगिता गर्ने तयारीको बारेमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजक समिति र जनप्रतिनिधिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
