स्थानीय तह उपनिर्वाचन–२०८१ अन्तर्गत सुनसरीकाे गढी गाउपालिका–६ मा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले मतदाताहरु बिहान ७ बजेबाट नै लाइनमा बसेकाले समयमा नै मतदान सुरु भएको जानकारी दिनुभयाे । यस वडाबाट निर्वाचित वडाध्यक्ष सदानन्द उराँवकाे निधन भएकोले रिक्त रहेको स्थानमा निर्वाचन हुन थालेको हो ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्णप्रसाद पाैडेलका अनुसार यस वडामा कुल ३ हजार ६२२ मतदाता रहेका छन् । फाेटाे फिचर