सुनसरीकाे गढी गाउँपालिका ६ मा दिउँसो ४ बजेसम्ममा ६८ प्रतिशत मतदान भएको छ  । स्थानीय तह उप निर्वाचनकाे आईतवार भएको मतदानमा गढी गाउँपालिका वडा नम्वर ६ मा दुई हजार ५४५ मतदान भएको छ ।

जनता मा.वि. (क) केन्द्र) मा पुरुष २७२ र महिला २८४ गरि ५५६, जनता मा.बि. (ख) केन्द्रमा पुरुष २६६ र महिला ३११ गरि ५७७, जनता मा.बि. (ग) केन्द्रमा पुरुष २४३ र महिला ३५१ गरि ५९४ र राष्ट्रिय आधारभुत विद्यालय (क) केन्द्रमा पुरुष १९३ र महिला २११ गरि ४०४ र राष्ट्रिय आधारभुत विद्यालय (ख) केन्द्रमा पुरुष २०३ र महिला २११ गरि ४१४ सहित जम्मा पुरुष ११७७ र महिला १३६८ गरेर कुल
२५४५ मत झरेको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार साझ ६ बजेसम्ममा मत पेटिका संकलन गरिसक्ने र साढे ६ बजे सर्वदलीय बैठक गरि राति ८ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको छ ।


१, अन्तिम समयमा मतदान गर्न लामबध सुनसरीकाे गढी ६ जनता मावि केन्द्रमा मतदाताहरु ।
तस्बिर : जयकृष्ण यादव । इनरुवा


२, सुनसरीकाे गढी ६  मा मतगणना गर्ने स्थान तयारी अवस्थामा ।
तस्बिर : जयकृष्ण यादव । इनरुवा