उपेक्षित उष्ण प्रदेशीय रोगहरू सम्बन्धी आधारभूत तालिम सम्पन्न
जजन्युज । सुनसरी
सुनसरीकाे बराहक्षेत्र नगरपालिका ११ मधुवनमा महिला सामुदायीक स्वास्थ्य स्वयसेविकाहरुका लागि उपेक्षित उष्ण प्रदेशीय रोगहरू सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।


नगरका १७ जना स्यमसेविकालाई उपेक्षित उष्ण प्रदेशीय रोगहरू सम्बन्धी आधारभूत तालिम प्रदान गरेको जनाएको छ ।

उपेक्षित उष्ण प्रदेशीय रोगहरूमा कुष्ठरोग, हात्तीपाइले, कालाजार, डेङ्गु, रेबिज, लुतो, माटोबाट सर्ने जुक्का, फित्ते जुका, खस्रे रोग, सर्पदंश परेका र त्यसकाे बारेमा समेत जानकारी दिदै उपेक्षित उष्ण प्रदेशीय रोगहरू सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो । बराहक्षेत्र नगरपालिका ११ का १७ जना महिला सामुदायीक स्वास्थ्य स्वयसेविकाहरूलाई तालिम दिएको हो । सेभ द अर्थ फाउन्डेसन ईन्टरनेशनलकाे आयोजनामा भएको कार्यक्रममा प्रशिक्षकहरू प्रस्ताव पौडेल, प्रवेश रिजाल, विनोद कुमार मेहता, कमला राई, संतोष साहु रहनुभएकाे थियोे ।


तालिम सञ्चालन मिति :- २०८१/०८/१६ र १७ गते

