जजन्युज संवाददाता

सुनसरीकाे बराहक्षेत्र नगरपालिका  ६ स्थित  महेन्द्रनगर स्वास्थ्य चौकीमा महिला सामुदायीक स्वास्थ्य स्वयसेविकाहरुलाई उपेक्षित उष्ण प्रदेशीय रोगहरू सम्बन्धी आधारभूत तालिम दिएको छ ।

सहभागीहरुलाई दश प्रकाशका रोगहरू कुष्ठ रोग, हात्ती पाइले, कालाजार,  डेङ्गु, रेबिज, लुतो, माटोबाट सर्ने जुक्का,  फित्ते जुका, खस्रे रोग, सर्पदंशकाे विषयमा प्रशिक्षण दिएको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो ।

बराहक्षेत्र न पा ६ का २४ जना महिला सामुदायीक स्वास्थ्य स्वयसेविकाहरू उपेक्षित उष्ण प्रदेशीय रोगहरू सम्बन्धी आधारभूत तालिम दिएको संस्थाका प्रबेश रिजालले जानकारी दिनुभयो ।   प्रशिक्षकहरुकाे प्रशिक्षणले कार्यक्रमकाे प्रभाव टाेलबस्तीसम्म पुगेको संस्थाका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो ।

सहभागीहरुलाई आयोजक Save the Earth Foundation International ले उपेक्षित उष्ण प्रदेशीय रोगहरू सम्बन्धी आधारभूत तालिम दिएर त्यसको सावधानी , राेकथाम र न्युनिकरणको विषयमा सहभागीहरुलाई जानकारी दिएको छ । तालिममा प्रशिकहरू पृथ्वी चन्द भगत, धनराज विश्वकर्मा, प्रस्ताव पौडेल, प्रवेश रिजाल, अनु चौधरीले सहजिकरण गर्नुभएको संस्थाका संतोष साहुले जानकारी दिनुभयो ।

महिला सामुदायीक स्वास्थ्य स्वयसेविकाहरुलाई उपेक्षित उष्ण प्रदेशीय रोगहरू सम्बन्धी आधारभूत तालिम दिदै ।

फाेटाे : जजन्युज संवाददाता