प्रदेश प्रहरी तालिम केन्द्रको वार्षिक उत्सवामा बर्जुमा स्वास्थ्य शिविर
जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर २१ गते । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५८ औं वार्षिक उत्सवको अवसरमा सुनसरीको बर्जु गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरले स्थापना दिवसको अवसरमा सुनसरीको बर्जुमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । जिल्लाको सीमावर्ती बर्जु गाउँपालिकाको अमाहिवेल्हामा आयोजित निशुल्क स्वास्थ्य शिविरको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले उद्घाटन गर्नुभएको थियो । स्थानीय रामसीता माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा सात सय बढी स्थानीयले स्वास्थ्य जाँच गराउनुका साथै स्वास्थ्य लाभ र औषधी पाएका छन् ।



२, उद्घाटनको दृश्यमा आयोजक प्रहरी तालिम केन्द्रका अधिकारीहरु तथा बर्जुका अध्यक्ष जिवछ राय सहितका अथितिहरु ।
तस्विर ः
शिविरमा जनरल फिजिसियनसँगै मुटु, छाला, पेट, मधुमेह, थाइराइड र हाडजोर्नी तथा मेरुदण्ड, शिशु तथा बाल रोग समवन्धि विशेषज्ञ सेवा दिईएको थियो । त्यसैगरी दन्त, मुख तथा अनुहार सम्बन्धि विशेषज्ञ सेवा र ल्याब तथा फार्मेसीको सेवा समेत शिविरमा उपलब्ध गराइएको थियो । शिविरले स्थानीयसँगको प्रहरी सम्बन्धलाई थप प्रगाढ बनाएको आयोजक कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरले जनाएको छ । प्रदेश प्रहरी तालिम केन्द्र प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले स्वास्थ्यमा आमनागरिकको सहज पहुँचलाई मध्यनजर गरी ग्रामिण वस्ती लक्षित गरी बर्जुमा स्वास्थ्य शिविर गरिएएको जानकारी दिनुभयो । स्वास्थ्य शिविर बर्जु गाउँपालिकाको कार्यालयका साथै कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा र विराट मेडिकल टिचिङ हस्पिटल टंकी सिनवारीको सहयोगमा आयोजना गरिएको थियो ।
१,सुनसरीको बर्जु गाउँपालिकामा सम्पन्न भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा सेवा प्रदान गर्दै


